धादिङको धुनिबेशीको टापु डाँडामा पञ्चकन्या देविको मन्दिर निर्माण ।

Share it with you friends

 

राजाराम डंगोल , धुनिबेशी धादिङ चैत्र २७ । धादिङको धुनिबेशी नगरपालिका ८ टापु डाँडामा श्री पञ्चकन्या देविको मन्दिर उद्घाटन गरिएको छ । परापुर्व कालदेखी नै हरेक बर्ष पुष मसान्तका दिन ठूलो मेला लाग्ने गरेता पनि मन्दिर को राम्रो ब्यवस्था नभएकोले त्यतीकै बारिको पाटामा पुजाआजा गर्दै आएको थिए । आफ्नो हिन्दु धर्म लाई जोगाउनु पर्छ भन्ने उद्देश्य ले त्यस क्षेत्रका समुदायले पैसा उठाएर मन्दिर निर्माण गर्न शुरु गरेपछी विभिन्न संघ सस्था हरुको सहयोग त्यस्तै वडा कार्यालय नगरपालिका बाट पनि बजेट परेपछी सो देवि को मन्दिर निर्माण सम्पन्न भएको मन्दिर निर्माण समितिका अध्यक्ष कान्छो मिजार ले बताउनु भयो । सो मन्दिर को उद्घाटन कार्यक्रममा प्रमुख अथिती समेत रहनु भएका धुनिबेशी नगरपालिका का मेयर बालकृष्ण आचार्य विशेष अथिती उप मेयर निरु खरेल वडा अध्यक्ष रामकृष्ण रेग्मी ले पञ्चकन्या देविको पुजा आरती सँगै देविको नाम उघारेर मन्दिर उद्घाटन गर्नु भएको थियो भने रामराजा पाण्डे ,अजय रिमाल नगर सदस्य वडा सदस्य विभिन्न राजनैतिक दलका प्रतिनिधि विभिन्न संघ संस्था हरुका प्रतिनिधि लगाएत स्थानीयवासीहरुको को सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रम का प्रमुख अतिथी नगर प्रमुख आचार्य ले यो पञ्चकन्या मन्दिर मात्र हैन नगरपालिका भित्र रहेका सम्पुर्ण मठ मन्दिर लाई व्यवस्थित बनाउने नगरपालिका मा रहेका सम्पुर्ण बिकाश निर्माणका कामहरु अगाडि बढिरहेको र आफू पनि त्यस काममा अहोराद्र लागिरहेको र आफुले मात्र केही गर्न नसकिने हँुदा यो नगरलाई समृद्ध बनाउन आ आफ्नो क्षेत्र बाट यो काममा साथमा साथ दिन आग्रह समेत गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *