धादिङको धुनिबेशीमा रहेको गोरखनाथ मन्दिरमा सामुहिक ब्रतबन्ध सपन्न ।

राजाराम डंगोल धुनिबेशी –५, विजयपुर । फागुन ९, धादिङको धुनिबेशी ५ विजयपुरमा रहेको गोरखनाथ मन्दिरमा सामुहिक ब्रतबन्ध सपन्न भएको छ । गोरखनाथ कल्याणकेन्द्र नेपाल शाखा धादिङको आयोजनामा सम्पन्न भएको सामुहिक ब्रतबन्ध कार्यक्रममा धादिङ, नुवाकोट, तथा मकवानपुर का गरि १७ जना बटुकहरुको सहभागिता रहेको थियो ।

ब्रतबन्ध गर्नुपर्ने उमेर भएका र उमेर भएर पनि विभिन्न कारणले गर्दा ब्रतबन्ध गर्न समस्या भएका ब्यक्तिहरुलाई ब्रतबन्ध गराउने उद्देश्यले आयोजना गरिएको ब्रतबन्ध कार्यक्रममा गोरखनाथ कल्याण केन्द्र नेपालका संरक्षक अनन्त प्रसाद खनाल, केन्द्रिय अध्यक्ष विश्वबम मल्ल, केन्द्रिय सदस्य नवराज अर्याल, छत्र ब. श्रेष्ठ, गोरखनाथ कल्याण केन्द्र मकवानपुर शाखाका सदस्य मनश्याम बस्नेत र गणेश विष्ट लगायतको ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

समाजमा हुने विभिन्न सामाजिक तथा धार्मिक क्रियाकलापहरुमा आफ्नो उत्कृष्ट सहभागिता जनाउदैँ आएको गोरखनाथ कल्याणकेन्द्र धादिङ शाखाले हरेक बर्ष सामुहिक ब्रतबन्ध , गरिब तथा जेहन्दार छात्रछात्राहरुको लागि छात्रबृत्ति, बृद्धबृद्धा सम्मान लगायतका सामाजिक कार्यक्रम गर्दै आईरहेको साथै गोरखनाथ कल्याणकेन्द्रले सदैब मानविय सेवामा लागिरहने कुरा गोरखनाथ कल्याणकेन्द्र धादिङका अध्यक्ष फणिप्रसाद रेग्मी ( अर्जुन ) ले बताउनु भयो ।
