धादिङको बैरेनीमा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

Share it with you friends

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा ३७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मंगलबार राति करिब ११ः३० बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बसले सडकमा रोकिराखिएको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो। त्यसपछि सोही दिशाबाट आउँदै गरेको अर्को बसले समेत दुर्घटनाग्रस्त बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा बा.प्र.०१–००६ ख ७४९९ नम्बरको बस, बा.प्र.०१–००६ ख ६७१६ नम्बरको बस र बा.प्र.०३–००१–००६ ख २०५६ नम्बरको ट्रक संलग्न रहेका प्रहरीले जनाएको छ।

घाइते यात्रुहरूलाई इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी तथा स्थानीयको सहयोगमा उद्धार गरी प्रारम्भिक उपचारका लागि बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा लगिएको थियो। त्यसमध्ये ३ जनालाई उपचारपछि डिस्चार्ज गरिएको र बाँकी ३४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

हाल २८ जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ भने अन्य ६ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। दुर्घटनामा संलग्न तीनै सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 5 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 3 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 4 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 6 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 5 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा