धादिङको मलेखुमा मोटरसाइकल र ट्रक आपसमा ठोक्कियो, एकजनाको मृत्यु

Share it with you friends

धादिङ, १८ जेठ । धादिङको पृथ्वी राजमार्गस्थित मलेखुमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा शुक्रबार एकजनाको मृत्यु भएको छ ।

मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा८७प ३३९३ नम्बरको मोटरसाइकल सोही दिशामा जाँदै गरेको बा४ख १८९९ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बेनिघाट–रोराङ गाउँपालिका–४ का निरञ्जन सुनारको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *