धादिङको महादेबबेशीमा भुकम्पपछीको पूःननिर्माणमा सदाचारको विषयमा जन प्रतिनिधी संग छलफल ।

Share it with you friends

राजाराम / दिपशिखा, महादेबबेशी, फागुन ४ । धादिङको थाक्रे गाउपालिका वडा नं. ६ महादेबबेशीमा भुकम्पपछीको पूःननिर्माणमा सदाचार ( आइपिआरआर ) को विषयमा निर्वाचित जन प्रतिनिधी संग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
ट्रान्सफरेन्सी इन्टरनेश्नल नेपाल भष्ट्राचार विरुद्धको सहकार्यको आयोजना तथा युरोपियन युनियनको सहआयोजनामा शुक्रबार सम्पन्न भएको कार्यक्रममा गाउपालिकाका प्रमुख रामकुमार आचार्यको अध्यक्षता रहेको थियो भने गाउपालिकाका उपाध्यक्ष अम्विका रुपाखेती, भुकम्पपछिको पूःन निर्माणमा सदाचार ( आइपीआरआर ) कार्यक्रमका बरिष्ठ कार्यक्रम अधिकृत विनोद भट्टराई, थाक्रेका ११ ओटै वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, सरोकारवाला, पत्रकार लगायतको उपस्थितीरहेको थियो । कार्यक्रममा थाक्रे गाउपालिका भित्र भुकम्पपछिको पूःननिर्माण के –कस्तो भइरहेको छ ? घर निर्माण गर्दा आएका समस्याहरु लगायतको विषयमा छलफल गरिएको थियो ।


कार्यक्रममा बोल्दै गाउपालिकाका उपाध्यक्ष अम्विका रुपाखेतीले थाक्रेलाई भष्ट्राचार मुक्त बनाउने र भष्ट्राचार मुक्त थाक्रे बनाउन आफु र गाउपालिका लागिपरेका र यो अभियानमा सबैले साथ दिन पनि अनुरोध गर्नुभयो । त्यस्तै कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका गाउपालिकाका प्रमुख रामकुमार आचार्यले थाक्रे गाउपालिका भित्र भइरहेको भुकम्पपछिको पूःन निर्माणमा भएका कामहरुको बारेमा जानकारी गराउँदै पूःन निर्माणमा गाउपालिकाले राम्रो गर्दा गर्दै पनि केन्द्रमा बोलेका कुराहरु लागु नगरिदिँदा र गाउपालिका बाट सिफारिस गरि पठाइएका फाइलहरु पनि पूःननिर्माण प्राधिकरणको कार्यालयमार्फत वास्ता नगरिदिँदा पूःननिर्माण कार्यमा ढिलाई भएको बताउनु भयो ।

साथै उहाँले पुःननिर्माण प्रक्रियामा कुनै किसिमको अनियमितता हुन नदिन पनि आफुहरु लागिपरेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *