धादिङको महादेववेशीमा अन्तराष्ट्रिय महिला दिवसको अबसरमा सचेतना मुलक कार्यक्रम ।

Share it with you friends

राजाराम डंगेल फागुन २२ महादेववेशी । धादिङको महादेववेशीमा अन्तराष्ट्रिय महिला दिवसको अबसरमा लैगिङ बिभेद र लागुपदार्थ दुब्र्यसन बिरुद्ध नाटक प्रदर्शन तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुमा हुने शारिरीक तथा मानसिक हिँसालाई निर्मुल पार्ने उदेश्यले आयोजित कार्यक्रममा बतृत्वकला प्रतियोगीता, लिङ्गको आधारमा महिलाहरुमा काममा हुने बिभेद, ज्यालामा हुने बिभेद लगायतका बिषयमा गित तथा नाटक प्रस्तुत गरिएको थियो ।कार्यक्रममा चन्द्र ज्योति एकिकृत ग्रामिण बिकास समाज सिड्स नेपाल धादिङ , मिलीजुली महिला बचत तथा ऋण सहकारी सँस्था लिमिटेड सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, ईलाका प्रहरी कार्यालय खानीखोला, उज्यालो भबिष्य महिला समुह र थाक्रे युवा समाज नेपालको सँयुक्त आयोजनामा सहयोगी सँस्थाको रुपमा सँस्थागत बिकास सञ्जाल ललितपुर नेपाल र युएमएन धादिङ सहभागी रहेका थिए ।

१०९औँ अन्तराष्ट्रिय महिला दिवस यहि मार्च ८ मा मनाईँदैछ । लैगिक समानताका लागी सोच र ब्यबहार : समृद्धिको आधार भन्ने मूल नाराका साथ सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रराज पौडेल रहनुभएको थियो ।
कार्यक्रममा देखाईएको नाटकमा महिला र पुरुषमा हुने असमान ज्याला र महिलाहरु आफुले काम गर्ने स्थानमै कसरी लैगिक हिँसामा पर्छन् भन्ने देखाईएको थियो । कार्यक्रममा जिल्ला समन्वय समीतका सदस्य उर्मिला रेग्मीले देशका ठुला तहमा महिला रहेको र नेपालको सँबिधानमा जुनसुकै क्षेत्रमा पनि महिला सहभागीता ४० प्रतिशत भन्दा माथी रहेकाले अझ शसक्त भएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

अछुतेश्वर महादेव मन्दीर परिसर मा भएको कार्यक्रम धादिङमा संचालनमा रहेका रेडियो धादिङ, कृषि रेडियो, रेडियो राजमार्ग, रेडियो मान्खु, रेडियो बिहानी, निलकन्ठ एफ.एम. लगायतले प्रत्यक्ष प्रसारण गरेका थिए ।

 

 

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 5 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा