धादिङको हुग्दीखोलामा ट्रक खस्दा एकको ज्यान गयो, दुई जना घाईते (फोटो फिचर )

Share it with you friends

धादिङ , ९ जेठ ।  पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा रहेको हुग्दी खोलाको  पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका वडा नं १० बस्ने २३ वर्षिय शेर बहादुर सोमही मगर रहेका छन । दुर्घटनामा  दुई जना घाईते भएका हुन । काठमाण्डौबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख १५६८ नं को ट्रक तीब्र गतिका कारण अनियन्त्रित भई पुलबाट हुग्दी खोलामा खसेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा नवलपुर जिल्ला मध्यविन्दु –१० का मनोज आले र अर्घाखाँची जिल्ला गंगा नगरपालिका घर भएका लेखबहादुर घर्ती घाईते भएको वताईएको छ । घाईतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा प्राथमिक उपचार गरि थप उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *