धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

Share it with you friends

पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ ।

जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो । विभिन्न रोगबाट ग्रसित तथा स्वास्थ्य सुधारमा रुचि राख्ने नागरिकहरूलाई लक्षित गरी विशेष योग प्रशिक्षण प्रदान गरिएको पतञ्जली योग समिति धादिङले जनाएको छ ।

शिविरमा सहभागीहरूलाई रोगअनुसारका योग अभ्यास, प्राणायाम तथा स्वस्थ जीवनशैली सम्बन्धी प्रशिक्षण दिइएको थियो । नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्न सहयोग पुग्ने विषयमा समेत जानकारी गराइएको आयोजकले जनाएको छ ।

शिविरको सहजीकरण पतञ्जली योग समिति बागमती प्रदेशका प्रमुख एवं रोग विशेष योग गुरु ग्रोबिन तौजल तथा प्रदेश महामन्त्री एवं रोग विशेष योग गुरु सुधा कलौनी ले गरेका थिए । उनीहरूले विभिन्न दीर्घरोगका बिरामीहरूका लागि उपयोगी योग विधि तथा स्वास्थ्यसम्बन्धी सुझावहरू प्रदान गरेका थिए ।

योग शिविरको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे, शंकर थपलिया, लक्ष्मी पाण्डे निवर्तमान अध्यक्ष गोविन्द कुमार श्रेष्ठ लगाएको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा धादिङबेसी तथा आसपासका क्षेत्रबाट उल्लेख्य संख्यामा सहभागीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले योग शिविरबाट स्वास्थ्यसम्बन्धी ज्ञान र व्यावहारिक सीप हासिल गरेको प्रतिक्रिया दिएका छन् ।

  • Related Posts

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 2 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 3 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 2 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 11 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 12 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते