धादिङमा करेन्ट लागेर १ को मृत्यु, ७ जना घाइते

Share it with you friends

धादिङ , ४ वैशाख । धादिङमा मंगलबार बिहान करेन्ट लागेर १ जनाकाे  मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

जिल्लाको थाक्रे गाउँपालिका महादेवबेसीमा पानी तान्ने क्रममा करेन्ट लाग्दा स्थानीय टिकीमाया तामाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय खानीखोलाले दिएकाे जानकारी अनुसार, घाइतेमध्ये ३ को अवस्था गम्भीर छ । अाज विहान ९.३० वजे तिर महादेवबेसी वजारका लागि खानेपानी ल्याउन पाईप बिछ्याउँदै गर्दा थांक्रे गाउँपालिकाको वडा नम्बर ११ बालुवाफाँटमा करेण्ट लागेर ७ जना घाईते भएका हुन । घाईते मध्ये ५ जनाको अवस्था चिन्ताजक रहेको  छ ।
प्रहरीका अनुसार जिआई पाईपले बिद्युत्तको लाइनमा छुंदा करेन्ट सर्ट भएपछि पाईप बिछ्याउने कार्यमा संलग्न रहेका धनवहादुर कार्की, सानी तामाङ,निरज कार्की,शुरेश गुरुङ,गोपी गुरुङ र विक्कि तामाङ घाईते भएका हुन । घाईते मध्ये निरज कार्की र धनवहादुर कार्कीको स्थानीय शिवदर्शन अस्पतालमा उपचार भईरहेको छ भने बाँकीकाे काठमाण्डाैकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *