धादिङ २५ असोज । धादिङमा मंगलबार मात्र ९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५४ पुरुष र ३६ महिला गरी ९० जना डेंगुका नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै जिल्लामा डेंगु बिरामीको संख्या १ हजार ८६ पुगेको छ । जिल्लाका ६ सय ११ जना पुरुष र ४ सय ७२ जना महिला गरी १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ६ सय ५७, गजुरी गाउँपालिकामा ८१ र त्रिपुरासुन्दरी गाउँपालिकामा ५४ जना धुनिबेशी नगरपालिकामा ३१, गल्छी गाउँपालिकामा ३६, ज्वालामुखी गाउँपालिकामा ४५, बेनिघाट रोराङ गाउँपालिकामा २०, सिद्धलेक गाउँपालिकामा २२, थाक्रे गाउँपालिकामा ८, नेत्रावती डवजोङ गाउँपालिकामा ६, रुवीभ्याली गाउँपालिकामा ८ जना, गंगाजमुना गाउँपालिकामा १२ र खनियाबास गाउँपालिकामा १ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थय कार्यालयले जनाएको छ ।

धादिङमा बढ्दै डेंगु संक्रमण : संक्रममितको संख्या १ हजार ८६ पुग्यो
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply