धादिङ २५ असोज । धादिङमा मंगलबार मात्र ९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५४ पुरुष र ३६ महिला गरी ९० जना डेंगुका नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै जिल्लामा डेंगु बिरामीको संख्या १ हजार ८६ पुगेको छ । जिल्लाका ६ सय ११ जना पुरुष र ४ सय ७२ जना महिला गरी १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ६ सय ५७, गजुरी गाउँपालिकामा ८१ र त्रिपुरासुन्दरी गाउँपालिकामा ५४ जना धुनिबेशी नगरपालिकामा ३१, गल्छी गाउँपालिकामा ३६, ज्वालामुखी गाउँपालिकामा ४५, बेनिघाट रोराङ गाउँपालिकामा २०, सिद्धलेक गाउँपालिकामा २२, थाक्रे गाउँपालिकामा ८, नेत्रावती डवजोङ गाउँपालिकामा ६, रुवीभ्याली गाउँपालिकामा ८ जना, गंगाजमुना गाउँपालिकामा १२ र खनियाबास गाउँपालिकामा १ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थय कार्यालयले जनाएको छ ।

धादिङमा बढ्दै डेंगु संक्रमण : संक्रममितको संख्या १ हजार ८६ पुग्यो
Related Posts
-
धादिङ समाजबाट बाढीपीडितका लागि करिब ५८ लाख सहयोग
धादिङ । विश्वभर छरिएर रहेका अन्तर्राष्ट्रिय धादिङ समाज तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले रसुवा, नुवाकोट र…
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकाको सम्झनामा आज सोमबार राष्ट्रिय…
-
धादिङ । बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि धादिङबेँसी मुस्लिम समुदायले १ लाख ३४ हजार २०१ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले धादिङबेँसी मुस्लिम समुदायले राहत रकम संकलन अभियान सञ्चालन गरेको थियो।
धादिङ । बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि धादिङबेँसी मुस्लिम समुदायले १ लाख ३४ हजार…
-
महादेववेशीमा बाढीपीडितका लागि मानवीय सहयोग, १०० जनाले गरे रक्तदान
धादिङ । भोटेकोशी बाढीपीडितको सहयोगार्थ धादिङको थाक्रे गाउँपालिका–६, महादेववेशीस्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खुल्ला…





Leave a Reply