धादिङमा यसरी जल्याे गाडी (फाेटाेफिचर)

Share it with you friends

राजाराम डंगोल थाक्रे, २१ जेठ । धादिङको थाक्रे गाउँपालिका ७ सातकिलामा दुई सवारी साधन ठोक्किँदा आगलागी भएको छ ।
काठमाण्डौँबाट गल्छि तर्फ जाँदै गरेको बा १७ च १०९३ नम्बरको बोलेरो चितवनबाट काठमाण्डौँ जादै गरेको ना ५ ख ८७७० नम्बर भएको ट्रकको तेल भएको टेङकिमा बोलेरो ठोक्किएपछि सोमबारदिउँसो दुबै सवारी साधनमा आगलागि भएको छ।

बोलेरोको अगाडीको भाग जलेको छ भने ट्रकमा पुरैआगो लागेको छ । आगो नेपाल प्रहरी स्थानीय वासी डोजर ससस्त्र लगाएको सहयोग मा नियन्त्रण मा आएको हो। घटनामा बोलेरोमा सवार ३ जना घाईते भएका छन् ।

घाईतेलाई थाक्रे पोलिक्लिनिक महादेबेशी मा उपचार पछि घर पठाइएको छ। । घटना पछि राजमार्ग मा सवारी साधन दुबै तर्फ ठप्प भएको थियो । आगो नियन्त्रण मा आएपछि सवारी साधन दुबै तर्फ खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *