धादिङ्गको गल्छि गाउँपालिका स्थित रानिमालामा होमस्टे व्यवस्थापन सम्बन्धी ७ दिने तालिम सञ्चालन

Share it with you friends

१८ असार २०७६, धादिङ्ग

धादिङको गल्छि गाउँपालिका वडा नं. ८ रानिमालामा होमस्टे (घरवास) व्यवस्थापन सम्बन्धी ७ दिने तालिम बुधबार देखि सुरु भएको छ । “पर्यटन प्रवद्र्धनकका लागि स्थानिय सहभागीता” भन्ने नारा सहित भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै घरेलु तथा साना उद्योग विकास समितीको आयोजनामा ७ दिने तालिम सन्चालन भएको छ ।

तालिममा गल्छि गाउँपालिका ८ का २१ जना र थाक्रे गाउँपालिका ५ का ६ जना सहित २७ जनाको सहभागीता रहेको छ । सहभागीलाई आज प्रशिक्षक भुपेन्द्र तिवारीले प्रशिक्षण दिनुभएको छ । तालिममा होमस्टे अर्थात घरबासको महत्व, स्थानिय स्तरमा होमस्टे सन्चालन अवधारणा, यसले पर्यटन प्रवद्र्धनमा पु¥याउने फाईदा, अतिथी स्वागत र सत्कार, यसको साँस्कृतिक पक्ष, होमस्टेको प्रचार प्रसार लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराईएको छ ।

यसैबिच वडा अध्यक्ष भरत तामाङले होमस्टे सन्चालनका लागि रानीमाला उपयुक्त स्थान रहेको भन्दै यसको प्रचार प्रसार र प्रर्वद्धनमा वडाको तर्फबाट सहयोग रहने बताउनुभयो । त्यसैगरी सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले होमस्टे व्यवस्थापन सम्बन्धी तालिमले स्थानिय नागरिकमा उत्साह थपेको भन्दै व्यवसाय सुरु भएपछि आर्यआर्जनमा समेत सघाउ पुग्ने बताउनुभयो ।

तालिममा वडा अध्यक्ष भरत तामाङ, उद्योग अधिकृत अर्जुन ज्ञवाली, सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, थाक्रे गाउँपालिका सदस्य रजनी लामा लगायतको आतित्थ्यता रहेको थियो । तालिम यहि असार १८ गते देखि २४ गते सम्म सञ्चालन हुने छ ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा