धादिङ जिल्ला अस्पतालका ७ जनामा आरडिटी पोजेटिभ

Share it with you friends

धादिङ जिल्लामा रहेकाे  जिल्ला अस्पताल धादिङमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ७ जनाको रिपाेर्ट पाेजेटिभ देखिएको छ ।

बुधबार जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी ७९ जनाको आरडिटी परिक्षण गरिएको थियो । जसमध्य ७ जनकाे रिपाेर्ट पाेजाेटिभ देखिएकाे हाे । आरडिटी पोजेटिभ देखिएकाहरुको पीसीआर परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइने अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिए ।

नमुना संकलन गरिएका व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसन वार्डमा राखिएको छ । पीसीआर परिक्षणको नतिजा नआएसम्म अस्पतालको ओपिडी सेवा बन्द रहने बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *