असोज २४, धादिङ । धादिङ थाक्रे ९ किलोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रिफर र बस आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाईते भएका छन् ।
काठमाडौबाट मलेखु तर्फ जाँदै गरेको बा ५ ख ४९९ नम्बरको ट्रिफरले रौतहटबाट काठमाडौतर्फ जाँदै गरेको ना ५ ख ४९२ नम्बरको बसलाई ठक्कर दिँदा ट्रीफर सडकबाट ५० मिटर तल महेश खोलामा खसेको थियो ।






