धादिङ दुर्घटना अपडेट : दुर्घटनापछी बन्द भएकाे राजमार्ग खुल्याे (फाेटाेफिचर)

Share it with you friends

राजाराम डंगाेल थाक्रे धादिङ ,१९ वैशाख । धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसी नजिकै बाह्र किलो भन्ने ठाउँमा चारवटा सवारी  आपसमा ठोक्किदाँ एक वस र एक माेटरसाइकल जलेर नष्ट भएकाे छ ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल बुधबार बिहान ठोक्किएको हो ।

मोटरसाइकलाई जोगाउने क्रममा ट्रक गजुरी तर्फ जादै गरेको बा २ ग २४६३ नम्बरको नेपाली सेनाको ट्रकमा ठक्कर खाएको थियो । त्यसको लगत्तै धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा ३६ प ४२३९ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किन पुग्दा आगलागी भएको हाे।

आगलागीबाट ना ६ ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएकाे छ । आगो नियन्त्रण को लागि नेपाल प्रहरी ,नेपाली सेना,ससस्त्र,स्थानीयवासी र दमकल को साथै स्काई भेटर समेत प्रयोग गरियको इलाका प्रहरी खानिखोला का प्रमुख जीवन निरौलाले बताउनु भयो।

दुर्घटनास्थलमा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार अाचार्य समेत पुग्नुभएकाे  थियाे  ।

दुर्घटनामा मोटरसाइकलमा सवार तनहुँ भानु नगरपालिका का २८ बर्सिय प्रेम बहादुर भुजेल र सर्लाही हरिवन ७ का २९ बर्सिया एक बहादुर बस्नेत  घाईते भएको ईलाका प्रहरी कार्यलय खानिखोलाले जानकारी दिएको छ ।

दुर्घटना पछि केहि समय सवारी साधन अवरुद्ध समेत भएको थियो । देशबिकास डटकम सङ्ग कुरा गर्दै हाइवे मा बढी लापरबाही ओभर स्पिड र ओभरटेकको कारण  दुर्घटना भएको र बिगत को आर्थिक बर्ष भन्दा यो बर्ष न्यूनीकरण भएको खानिखोलाका प्रमुख जीवन निरौला ले बताउनु भयो।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 4 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा