देश विकास

विकास पत्रकारिता

, ,

धादिङ । बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि धादिङबेँसी मुस्लिम समुदायले १ लाख ३४ हजार २०१ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले धादिङबेँसी मुस्लिम समुदायले राहत रकम संकलन अभियान सञ्चालन गरेको थियो।

Share it with you friends

धादिङ मुस्लिम समुदाय, धादिङबेँसी र मदरसा हनफिया रजवियाको संयुक्त आह्वानमा सञ्चालन गरिएको अभियानमा मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनी, स्थानीय व्यवसायी र शुभचिन्तकहरूबाट गरी कुल १ लाख ३४ हजार २०१ रुपैयाँ संकलन भएको हो।

संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोषको आधिकारिक बैंक खातामा जम्मा गरिएको समुदायले जनाएको छ।

समुदायका अनुसार २०८३ भदौ १७ गते राष्ट्रिय वाणिज्य बैंकमार्फत उक्त रकम कोषमा जम्मा गरिएको हो। बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको र छोटो समयमै अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता तथा शुभचिन्तकप्रति धादिङबेँसी मुस्लिम समुदायले आभार व्यक्त गरेको छ।

समुदायले विपद्को यस घडीमा मानवीय सहयोग र सहकार्य आवश्यक रहेको भन्दै प्रभावित परिवारको सहयोगका लागि सबैलाई आ–आफ्नो तर्फबाट योगदान गर्नसमेत आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts