धुनिबेशी नगरपालिकाको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।

Share it with you friends

राजाराम डंगोल खानिखोला, धादिङ फागुन ९ । धादिङको धुनिबेशी नगरपालिकाको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७५र७६ को बार्षिक नीति तथा कार्यक्रम अनुसार बिगत ६ महिनामा के के क्षेत्रमा के कत्ती काम तथा कार्य प्रगती गर्न सकियो । तथा आर्थिक बर्षको बाँकी रहेको ६ महिनामा के गर्न सकिन्छ भन्ने सन्दर्भमा केन्द्रित भई अर्ध बार्षिक सभिक्षा कार्यक्रम गरिएको हो । कार्यक्रममा नगरपालिकाका वडाहरुले अहिलेसम्म गरेका कार्य विवरण ,राजस्व संकलन लगायतका विषय, नगरपालिका का वडा कार्यालयहरुबाट अहिलेसम्म प्रदान गरिएका सेवा सुबिधा साथै , पुर्न्िनर्माणमा अहिलेसम्म भएका क्रियाकलापको विषयमा छलफल गरिएको थियो ।


कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले आफुहरुले आ–आफ्नो वडामा भैरहेका योजनाहरुको बारेमा जानकारी गराएका थिए भने केही योजनाहरुमा अझैसम्म सम्झौता गर्न उपभोक्ता जागरुक नभएकोले काम गर्न असजिलो भएको बताएका थिए । समिक्षा कार्यक्रममा यो आर्थिक बर्षको गएको ६ महिनामा शिक्षा शाखा, स्वास्थ्य शाखा,पशु शाखा,कृषि शाखा लगायतका शाखाले गरिएका कार्यक्रमहरुको प्रतिबेदन सम्बन्धित शाखाका प्रमुख हरुले प्रस्तुत गर्नुभएको थियो । साथै भुकम्पपछिको पुननिर्माणामा अहिलेसम्म धुनिबेशी नगरपालिकामा भएको प्रगती र अहिलेसम्मपनि कतिपय घरधनिले घर निर्माण गर्न ढिला भैरहेकोमा छलफल गरिएको थियो ।

कार्यक्रममा प्रगती प्रतिबेदन प्रस्तुत गर्दै पुर्न्िनर्माण प्राधिकरणबाट धुनिबेशी नगरपालिकामा कार्यरत इन्जिनियर सन्जु भण्डारीले नगरपालिकाको केही वडाहरुमा निजि आवास पुर्न्िनरमाणको काम कम भएकाले सो कार्यमा सहजीकरण गर्न जनप्रतिनिधिनिधिहरुलाई अनुरोध गर्नुभएको थियो । काार्यक्रममा सहभागी ईलाका प्रहरी कार्यलय खानिखोलाका प्रहरी निरीक्षक उदब पोखरेलले घरेलु हिंसा ,महिला हिंसा लगायतका कार्यहरु नियन्त्रण गर्न घरेलु मदिराको उत्पादन र बिक्रीवितरण नियन्त्रण गर्न नगरपालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो साथै राजमार्गमा हुने सबारी जाम र दुर्घटना कम गर्न बिग्रेका सवारी र दुर्घटना परेका सबारी साधनलाई साईड लगाउने जग्गाको ब्यस्थापन, सडकमा फुटपाथको निर्माण,रातिको समयमा सडक बत्ती र सिसिटिभिको ब्यस्थापनमा ध्यान दिन अनुरोध गर्नुभएको थियो । कार्यक्रममा आफ्नो भनाई राख्दै नगरप्रमुख बालकृष्ण आचार्यले अहिले भैरहेका योजनाहरु सन्तोसजनक रहेको बताउदै सम्झौता हुन नसकेका योजना छिटै सम्झौता गरि काम गर्न र काम नहुने अबस्था आए बजेट परिवर्तन गरि अपुग भएको योजनामा काम गर्न लाग्नुपर्ने बताउनुभयो । साथै नगरप्रमुख आचार्यले कार्यालयमा आउनुभएका सेवाग्राहीका समस्यालाई छिटो भन्दा छिटो हल गरिदिनको लागी पनि नगरपालिकामा कार्यरत कर्मचारी हरुलाई अनुरोध गर्नुभयो । धुनिबेशी नगरपालिकाले आर्थिक बर्ष २०७५र ७६ को लागि पुजिगत तर्फ २२ करोड ७२ लाख २७ हजार र चालुतर्फ ३२ करोड ६४ लाख २४ हजार बजेट बिनियोजन गरेकोमा अहिलेसम्म कुल २१.३५ प्रतिशत खर्च गरेको छ भने २ करोड ५३ लाख ५९ हजार ४५० राजस्व आम्दानी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *