धुनिबेशी नगरपालिकाले सुरु गर्याे व्यवसाय दर्ता तथा कर सँकलन अभियान

Share it with you friends

धादिङ , १० वैशाख । धादिङको धुनिबेशी नगरपालिकाले  व्यवसाय दर्ता तथा कर सँकलनको अभियान सुरु गरेको छ ।

स्थानिय सरकार सञ्चालन  ऐन २०७४ अनुसार वडा नम्बर ७ बाहेकका वडाहरुमा  शिविर  राखेर व्यवसाय दर्ता तथा कर सँकलन अभियान सुरु गरेकाे हाे । वडा नम्बर ७ मा भने यहि बैशाख १९, २० र २१ गते  अभियान सन्चालन हुने छ ।

शिविरमा व्यवसायिक विवरण अद्यावधिक गर्ने, मालपोत, व्यवसाय कर, घरभाडा लगायतका कर सँकलन हुनुका साथै व्यापारीक फर्म दर्ता तथा सुचिकृत समेत गरीने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *