धुनिबेशी नगरपालिका मा स्थानिय सरकार संचालन ऐन २०७४ र अन्तरसम्बन्धित ३ दिने तालिम सुरु ।

Share it with you friends

धादिङ १९ जेठ । धादिङको धुनिबेशी नगरपालिका स्थानिय सरकार संचालन ऐन २०७४ र अन्तरसम्बन्धित ३ दिने तालिम सुरु आज बाट सुरु भएको छ । जिल्ला समन्वय समिति धादिङको आयोजना तथा धुनिबेशी नगरपालिकाको ब्यवस्थापनमा सुरु भएको तालिमको आज एक कार्यक्रमको विच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेंल ले उद्धघाटन गर्नु भएको हो ।
धुनिबेशी नगरपालिकाका प्रमुख, उपप्रमुख, सबै वडाका वडाअध्यक्ष तथा सदस्यहरु लगायत नगर कार्य समितिका सदस्यहरुको लागि सञ्चालन भएको तालिमको उद्धघाटन समारोहमा प्रतिनिधी सभा सदस्य भुमी त्रिपाठी, सिद्धलेक गाँउपालिकाका प्रमुख प्रेम सिलवाल, धुनिबेशी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र ब. अर्याल, पूर्व जिल्ला विकास समितिका सदस्य नेत्रराज पौडेल,लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *