धुनिबेशी नगरपालिका वडा नं. ५ को अमलेचौरमा १ दिने स्वास्थ्य सञ्चार सचेतना कार्यक्रम सम्पन्न ।

Share it with you friends


राजाराम डंगोल धार्के धादिङ २०७६ असार १३, धादिङको धुनिबेशी नगरपालिका ५ अमलेचौरमा स्वास्थ्य सञ्चार सम्बन्धी १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य प्रर्वद्धनका लागि धुनिबेशी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण कुमार रेग्मी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेरो वर्ष अभियान, महामारी, सर्ने नसर्ने रोग, प्रजनन तथा बाल बातावरण लगायतको बारेमा उपस्थित हरुलाइ जानकारी गराईएको थियो ।

धुनिबेशी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शिवहरी भट्ट ले कसैलाई पनि रोग नलागोस यदि कुनै पनि ठाउँमा रोगदेखे खबर गर्न उपस्थित हरुलाइ आग्रह गर्नु भएको थियो । कार्यक्रममा मेरो वर्ष अभियानको बारेमा जिवनपुर स्वास्थ्य चौकीका प्रमुख सत्यनारायण शाहले मेरो वर्ष भनेको क हो भन्ने बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागीहरुले विभिन्न ५ प्रतिबद्धता पनि जनाएका छन् । यस्तै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बालकृष्ण आचार्यले नगरमा एम्बुलेन्सको व्यवस्था हुन लागेको भन्दै सबै वडामा स्वास्थ्य केन्द्र स्थापना हुने बताउनु भयो । नगर ले स्वास्थ्य सचेतनाका लागि धेरै योजनाहरु रहेको बताए । वडा नम्बर ५ का अध्यक्ष कृष्ण कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता, उपप्रमुख निरु खरेल , दिपक लामिछाने सुबोध , बासु बस्कोटा वडा सदस्यहरु लगायतको आतित्थ्यता रहेको थियो ।

भने सो कार्यक्रम पछि निशुल्क स्वास्थ शिविर पनि सञ्चालन गरिएको थियो । शिविरमा प्रेसर, सुगर तथा चर्मरोग लगायतको जाँच गरिएको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते