धुनिबेशी नगरपालिका ६ तल्लो बाँनियाटारमा खानेपानी डिप बोरिंगको शुभारम्भ

Share it with you friends
राजाराम डंगोल धुनिबेशी,
२४ असार, २०७७।    धादिङ जिल्लाको धुनिबेशी नगरपालिका वडा नम्बर ६ तल्लो बाँनियाटारमा खानेपानी डिप बोरिंगको शुभारम्भ गरिएको छ । चालिसे धार्के बजार खानेपानी आयोजनाको एक घर एक धारा कार्यक्रम अन्तर्गत २ लाख ५० हजार लिटरको पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । ट्यांकी २० लाख रुपैयामा निर्माण सम्पन्न भएको हो । प्रदेश सरकार डिभिजन खानेपानी कार्यालय धादिङ बाट पाइप उपलब्ध भइ पाइप गाड्ने कार्य समेत सम्पन्न भएको समितिले जनाएको छ ।
प्रदेशबाट थप २० लाख रुपैयाबाट डिप बोरिंग को सुरुवात गर्न लागिएको चालिसे धार्के बजार एक घर एक धारा उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र आचार्यले जानकारी दिनुभयो ।
एक कार्यक्रमका बीच गरिएको डिपबोरिंग शुभारम्भमा बोल्दै धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य ले नगरपालिका को पहिलो प्रथामिकता भनेको खानेपानी रहेको हुँदा खानेपानीको काम पनि भइरहेको र बाँकि भएको ठाउमा पनि छिट्टै एक घर एक धारा को व्यबस्था मिलाइने र यस कार्यमा सबैले सहयोग गर्न समेत आग्रह गर्नु भयो ।
पूर्व स्थानीय विकाश मन्त्रि एंव प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले धुनीबेशी नगरपालिकालाइ यस पालि पनि बिभिन्न शीर्षकमा प्रदेश सरकारबाट रकम परेको र यस क्षेत्र लाइ आफुले सक्दो सहयोग गरिरहेको र भोलिका दिनहरुमा पनि सक्दो सहयोग गर्ने बताउनुभयो।
डिप बोरिंग शुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल , भिभिन्न वडाका वडा अधक्ष्यहरु ,सदस्य हरु भिभिन्न सस्थाका प्रतिनिधि पार्टी प्रतिनिधि स्थानीय लगाएत को उपस्थिति रहेको थियो ।
  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते