धुनिवेशी नगरपालिकाको एकिकृत विकासका लागि कार्यशाला ।

Share it with you friends

भरत रेग्मी, धार्के । पाैष २६

धुनिवेशी नगरपालिकाको दिर्घकालिन एकिकृत विकासका लागि २ दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको छ ।
सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, संचार लगायतका पुर्वाधारलाइ एकिकृत रुपमा कसरि विकास गर्न सकिन्छ भन्ने वारेमा दिर्घकालिन योनजा निर्माणका लागि गोष्ठिको आयोजना गरिएको हो ।
काठमाडौ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट र मकवानपुर जिल्लाका विभिन्न नगरपालिकाहरुको एकिकृत विकास गरि यस क्षेत्रका जनताहरुलाइ दिगो पुर्वाधारमा पहुँच पुर्याउने उद्देश्यका साथ संचालित एकिकृत शहरी विकास आयोजना अन्तरगत यस कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नगरापालिकाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, नगरकार्यपालिकाका सदस्यहरु एवं नगरपालिका भित्रका कृषक, व्ययसायी, राजनितिक दलका प्रतिनिधि, सहकारिका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारीहरु लगायत विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमा बोल्दै प्रदेशसभा धादिङ क्षेत्र नं १ का सांसद एवं पुर्व स्थानिय विकास मन्त्रि राजेन्द्र प्रसाद पाण्डेले तोकिएकै समयमा योजनाहरु कार्यन्वयन गर्न नसक्दा स्थानिय सरकारको प्रभावकारितामा प्रश्न उठ्ने गरेको बताउनु भयो । उहाँले धुनिवेशी नगरलाइ कृषि वा औद्योगीक क्षेत्र के बनाउने हो भन्नेमा पहिले नगरवासीहरुले निर्णय गर्नुपर्ने बताउनु भयो ।
मनमोहन अधिकारी सहकारि विश्वविद्यालयको स्थापना र आयुर्वेदिक चिकित्सा क्याम्पस को स्थापनाले धादिङ जिल्लाको छुट्टै पहिचान दिनेमा आफु निश्चिन्त रहेको बताउनु पाण्डेकाे भनाइ थियो । उहाँले एकिकृत वस्ति विकास, उच्च पहाडि क्षेत्रमा जडिवुटि एवं किवि लगायतका उच्च मुल्यमा विक्रि हुने उपजहरुको खेति गरेमा कृषहरुको जिवनस्तर उकासीने विश्वास व्यक्त गर्नुभयो ।


कार्यशालामा नगरपालिकाका प्रमुख वालकृष्ण आचार्यले नगरपालिकाले दिर्घकालिन विकासका लागि तय गरेका केहि योजनाहरुका बारेमा जानकारि प्रदान गर्नु भयो जसमा नगर भरिका २०४ वटा सडकहरु मध्य १२ वटा सडकहरुको स्तरोन्नति गरिने र नगरबस सञ्चालन गरिने, नगरपालिकामा मनोरञ्जन पार्क, वृद्ध वृद्धा विश्राम स्थल निर्माण, पहाडि एकिकृत वस्ति निर्माण, धार्मिक पर्यटकिय स्थलको विकास आदि रहेको बताउनुभयो । कार्यक्रममा नेकपा धुनिवेशीका रामराजा पाण्डे, दिपक लामिछाने तथा नेपाली काँग्रेसका नगरसभापती दिपेन्द्र पाठकले दिर्घकालिन विकासका लागि आ–आफ्नो धारणा राख्नु भयो ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    धादिङ । गणित विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते हुने भएको छ ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा