धुनिवेशी स्कुलमा फुड फेस्टिवल
राजाराम डंगाेल, खानीखाेला । धादिङको धुनिबेशी नगरपालिका ८ खानिखोला स्थित धुनिवेशी अङ्ग्रेजी आवासिय उच्च माध्यमिक बिधालयमा एकदिने फुड फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यार्थी हरुलाइ किताबी ज्ञन को मात्र नभएर आफुले पढेको कुरा पनि व्यावहार मा उतार्न सकियोस् र बौद्धिक क्षमताको वृद्धि बिकास होस भन्ने उद्यस्यले सन्चालन भएको कार्यक्रम मा बिद्यार्थी हरुले बनाएका कालात्मक बस्तु हरु, विभिन्न प्रकारका खाने कुरा लगायत गरि २० वटा स्टल रहेको थियो भने मनोरञ्जनात्मक विविध सास्कृतिक कार्यक्रम पनि भएको थियो।

प्रदर्शनी मा राखिएका विभिन्न सामान हरुको अवलोकनगर्नको लागि अभिभावक, स्थानिय वासिन्दा ,शिक्षाक बिद्यार्थी लगाएत को उपस्थिति रहेको थियो भने उपस्थितहरूले बिद्यार्थी हरुले बनाएका खाना खाजा लगाएत का खानेकुरा हरु स्टलमा बसेर स्वादिलो मान्दै किनेर खाएका थिए ।

बजारको खाजा खाना भन्दा बिद्यार्थी हरुले गुणस्तरिय र सफा स्वादिस्ट भएको अवलोकन गर्न आएको अभिभावक हरुको भनाइ छ। कार्यक्रममा दोस्रो त्रैमार्शिक परिक्षा को परिक्षाफल पनि प्रकाशि गरिएको थियो कार्यक्रम मा बोल्दै बिद्यार्थी हरुको चौतर्फी बिकास को लागि यो कार्यक्रम को आयोजना गरेको र कार्यक्रम मा अभिभावक हरुले पनि सहयोग रहेको हुँदा सबैले सकारात्मक रूपमा लिएको विद्यालयका प्रधानाध्यापक भिम लाल श्रेष्ठ ले भताउनुभयो । सो कार्यक्रम को कृषि रेडियो १०१.५ मेगाहर्ज ले प्रत्यक्ष प्रसारण गरेको थियो।
