धुुर्मुस सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

Share it with you friends

महोत्तरी, १३ वैशाख । धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् ।

फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै सो बस्तीका विपन्नका बालबालिकालाई बस्तीकै छेउमा रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना गराउनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य भरतप्रसाद साहले विद्यालयलाई शैक्षिक गुणस्तर सुधार्न रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *