नक्कली डाक्टर बनेर बलात्कार गर्ने पक्राउ

Share it with you friends

काठमाडौं  । राजधानीको व्यस्त शहरमा आमाको उपचार गराउन आएकी महिला नक्कली डाक्टरबाट बलात्कृत बनेकी छिन् ।

अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

अर्जुनले आफ्नो नाम सन्तोष घले बताएको र अस्पतालका डाक्टरहरुसँग आफ्नो राम्रो चिनजान भएको भन्दै आमाको उपचारमा सहयोग गर्ने आश्वासन दिएर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा जाहेरी दिएकी छिन् । अर्जुनले महिलालाई सामाखुशीस्थित आफ्नो सानी आमासँग भेट गर्न लैजाने भन्दै मित्रनगरस्थित फूलबारी गेष्ट हाउसमा लगेर बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । पीडित महिलाको जाहेरकीका आधारमा अभियुक्त कोइरालालाई प्रहरीले पक्राउ गरेको छ ।

कोइराला यसअघि नेपाली सेनाको जवान रहेको खुलेको छ । त्यहाँ पनि उनी जबरजस्तीकरणी मुद्दामा परेर बर्खास्त भएका थिए ।

कोइरालाले बयानका क्रममा आफूले जबरजस्तीकरणी स्वीकारेको प्रहरीको भनाई छ । कोइरालालाई बिहीबार जिल्ला अदालतबाट ५ दिनलार्इ म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा