चरीकोट, २ वैशाख । नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो ।
बा ९२ प ७२१४ नम्बरको मोटरसाइकल तामाकोशी गाउँपालिका–१ भीरकोट, माझीगाउँस्थित मोडमा दुर्घटनामा परेको दोलखा प्रहरीले जनाएको छ ।

नयाँ वर्षमा शैलुङ घुम्न पुगेका दुई जनाको दुर्घटनामा मृत्यु
Related Posts
-
धादिङ समाजबाट बाढीपीडितका लागि करिब ५८ लाख सहयोग
धादिङ । विश्वभर छरिएर रहेका अन्तर्राष्ट्रिय धादिङ समाज तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले रसुवा, नुवाकोट र…
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकाको सम्झनामा आज सोमबार राष्ट्रिय…
-
धादिङ । बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि धादिङबेँसी मुस्लिम समुदायले १ लाख ३४ हजार २०१ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले धादिङबेँसी मुस्लिम समुदायले राहत रकम संकलन अभियान सञ्चालन गरेको थियो।
धादिङ । बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि धादिङबेँसी मुस्लिम समुदायले १ लाख ३४ हजार…
-
महादेववेशीमा बाढीपीडितका लागि मानवीय सहयोग, १०० जनाले गरे रक्तदान
धादिङ । भोटेकोशी बाढीपीडितको सहयोगार्थ धादिङको थाक्रे गाउँपालिका–६, महादेववेशीस्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खुल्ला…





Leave a Reply