नवज्योति बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Share it with you friends

 २४ कात्तिक २०७६  – धादिङको धुनिबेशि नगरपालिका वडा नम्बर ६ धार्केमा रहेको नवज्योति बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारणसभामा बिभिन्न क्षेत्रमा सक्रिय ब्यक्तित्वहरुलाई सम्मान तथा प्रसँशा पत्र समेत बितरण गरिएको थियो । १३औँ बार्षिक  साधारणसभा कार्यक्रममा सहकारीमा आबद्ध भएका ब्यक्तिहरुको छोराछोरीहरुले शैक्षिक क्षेत्रमा पाएको उत्कृष्टताको आधारमा सम्मान गरिएको थियो ।

२०७६ मा एसईईमा उत्कृष्ट नतजिा ल्याउनेमा अनिल आचार्य, ज्योत्सना रेग्मी, बसन्त आचार्य लगायतका शेयर सदस्यहरुका बालबालिकाहरुलाई शैक्षिक सम्मान गरिएको हो । यसैगरी उत्कृट ऋणी, बचत, शारिरि असक्तता, बचत कर्ता लगायतका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा धादिङका सँघिय साँसद भूमी प्रसाद त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो भने बिषेश अतिथीमा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य रहनुभएको थियो ।   प्रमुख  अतिथी समेत रहनु भएका त्रिपाटिले यो सहकारी बाल अबस्था बाट आज याहा सम्म आइपुगेको र १३औं वार्शिक साधारण सभा मा आफू आउन पाउँदा खुसी लागेको बताउनु भयो साथै उहाँ ले यश सहकारी ले ब्याबसायी र बचत मुलक मात्र नभएर सेवा मुलक बनाउन पनि आग्रह गर्दै उत्तर उत्तर प्रगतिको शुभकामना समेत दिनु भयो ।

तेस्तै विशेष अतिथी एबम थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्य ले बिगत मा धेरै दुख गरेर थोरै जना मिलेर खोलिएको सहकारी ले आज बैक सरह भएको र सबै लाई सेवा दिदै आएकोले खुशी ब्याक्त गर्दै सफलता को शुभकामना समेत दिनु भयो  ।   बि स २०५० सालमा साविकको केवलपुर गाबिस भोटेडाँडाको ग्रामिण भेगमा १३ जना कृषक, शिक्षक, ब्यापारि तथा सामाजिक अगुवाहरुले यस नवज्योति बचत तथा ऋण सहकारी सँस्थालाई स्थापना गरेका थिए । स्थापना कालमा प्रत्येक महिना रु. २५ का दरले रकम उठाउँदै सहकारी सञ्चालन गरिँदै आएकोमा  २०७६ साल असार मसान्त सम्म जम्मा १५६२ जना सदस्य रहेको सहकारी ले आगामी वर्ष २०७७असार मसान्तसम्म २३००पुर्‍याउने लक्ष्य लीइ  अहिले १३औँ बार्षिक साधारणसभा गर्न सफल भएको छ । साथै उक्त कार्यक्रम को दिनभरी कृषि रेडियो १०१.५  मेगाहर्ज ले प्रत्यक्ष प्रसारण गरेको थियो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते