नेपालमा रेल अायाे अायाे : प्रधानमन्त्री अाेली

Share it with you friends

काठमाडौ, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूने कुनै पनि हालतमा नेपालमा रेल भित्र्याउने दावी गरेका छन् ।

उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारणसभाको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रेलमा सामान आयात भएअनुरुप निर्यात पनि हुनसक्ने बताए । प्रधानमन्त्री ओलीले उद्योगीहरुलाई विदेश निर्यात गर्ने सामानको उत्पादन तीव्र रुपमा गर्न समेत सुझाव दिए । त्यसका लागि सरकारले गर्नुपर्ने सहयोगबाट आफू नचुक्ने पनि आश्वासन दिए ।

प्रधानमन्त्रीले भने ‘रेल देशमा आउँदा भरी, जाँदा रित्तै नहोस्, त्यसैले अब बाहिर पठाउने सामानको उत्पादन बढाउनुहोस्, त्यसमा नीति नियमका लागि सरकारले के कति सहयोग गर्नुपर्छ त्यो म गर्नेछु ।’

देशमा सञ्चालित उद्योगधन्दामा पुराना मेसिहनहरु भएकाले उत्पादिन सामानहरु हुने गरेको भन्दै अब आधुनिक खालका मेसिनहरु जडान गरी उत्पादन वृद्धि गर्न उनले सुझाव दिए । उनले भने, ‘आधुनिक मेसिनहरु जडान गर्नुहोस्, उत्पादन वृद्धि गर्नुहोस् अनि मात्रै विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ ।’

कृषि र उद्योग दुवै क्षेत्रले आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन सक्ने उनको भनाई छ । अहिले देशको व्यापार घाटाको अवस्था कहालिलाग्दो रहेको भन्दै उनले भने ‘अहिलेसम्म देशबाट निर्यात नै हुँदैन, केको व्यापार घाटा, यो त किनेको मात्रै हो ।’

प्रधानमन्त्री ओलीले देशमा अहिलेसम्म आयात मात्रै हुने गरेकोले अब निर्यातको वातावरण बनाउन उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । देशमा प्रशस्त मात्रमा उत्पादन भए निर्यात गर्न सकिने र आर्थिक विकास आफै हुने उनको दावी छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 10 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 11 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 10 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 21 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते