काठमाडौं, । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गर्नुभएको छ । सोमबार राष्ट्रपति भवनमा भएको कार्यक्रममा चलचित्र क्षेत्र र चलचित्रकर्मीका समस्या र सम्भावनाका विषयमा राष्ट्रपति र कलाकारहरुबीच छलफल कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो ।
राष्ट्रपति भण्डारीले कलाकारहरूलाई राष्ट्रको अमूल्य सम्पदाको संज्ञा दिँदै उहाँहरूको साधना र मौलिक सिर्जनाले राष्ट्रलाई विश्वसामु चिनाएको बताउनुभयो । उहाँले कला क्षेत्रले नेपाली चलचित्रले रोजगारीको सिर्जना गर्ने र अर्थतन्त्रलाई बलियो पार्न मद्दत गरेको प्रष्ट पार्नुभयो । साथै, नेपाली चलचित्र र कलाकारहरूले भोग्नुपरेका दुःख र समस्यालाई अन्त्य गर्न नेपाल सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
समारोहमा चलचित्र उद्योगलाई राष्ट्रिय प्राथमिकताको रूपमा राख्न, कर अनुसार छुटको व्यवस्था गर्न, पर्यटकीय स्थलमा बिना लागत फिल्म छायाङ्कन गर्न, चलचित्र विकास बोर्ड स्वायत्त गर्न, चलचित्र उद्योग ऐन पास र लागु गर्न, चलचित्रकर्मीका लागि ठोस नीति बनाउन, पशुपति विकास कोषभित्र चलचित्रकर्मीका लागि श्रञ्दाञ्जलि गृह बनाउने लगायतका माग कलाकारहरूले राष्ट्रपति सामु राख्नुभएको हो ।
यस्तै, कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र मनोरञ्जनका लागि मात्रै नभएर यसले सिङ्गो देशको भौगोलिक अवस्था र कला संस्कृतिलाई विश्वमाझ चिनाउन मद्दत गरेको बताउनुभयो । यस्तै, हामी आफैँले नेपाली चलचित्रलाई माया नगरेकोमा दुःख व्यक्त गर्दै अध्यक्ष केसीले चलचित्र ऐन छिटो पास भएमा तथा नेपाली चलचित्र स्टुडियो र सिनेमा एम्बेसी छिटो सञ्चालनमा ल्याउने हो भने नेपाली चलचित्र विकास गर्न सजिलो हुनेमा जोड दिनुभयो ।
वरिष्ठ कलाकार वसुन्धरा भुसालले चलचित्र कल्याण कोषको विकास भएसँगै कलाकारहरूले पहिले जस्तो समस्या भोग्नु नपरेकोमा खुसी व्यक्त गर्नुभयो । “अहिले चलचित्र कल्याण कोषमा पाँच करोड बाँकी छ, यसले सिङ्गो कलाकर्मीलाई पर्ने समस्या अन्त्य गर्न सकिन्नँ । तसर्थ यस कोषमा दश करोड रकम पुराउनका लागि राष्ट्रपतिबाट विशेष पहल हुने आशा व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।
कार्यक्रममा वरिष्ठ कलाकारहरू नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, नेपालको पहिलो नायिका भुवन चन्द, मिथिला शर्मा, करिष्मा मानन्धर, गौरी मल्ल, दीपा श्री निरौला, नीता ढुङ्गाना, शिव श्रेष्ठ, कृष्ण मल्ल, उत्तम केसी लगायतको उपस्थिति रहेको थियो ।

नेपाली चलचित्रले सभ्य समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ः राष्ट्रपति भण्डारी
Related Posts
-
मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध
हेटौँडा, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ…
-
आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाइने
१० भदौ, काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल…
-
प्रधानमन्त्री शाहको आग्रह : ‘विपत्तिविरुद्ध सबै एकजुट भएर उद्धार र राहतमा जुटौं’
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्राकृतिक विपत्तिको सामना गर्न सरकार, राजनीतिक दल,…
-
बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा
रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्र पारेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका…





Leave a Reply