नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वारा पहिलो पटक लिखित रुपमा निर्देशन, स्थायी कमिटीमा को को ?

Share it with you friends

काठमाडौं, १८ जेठ । एकताको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबाट पहिलो पटक लिखित रुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी भएको छ ।

जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चित गर्ने र समाजवादका लागि भौतिक तथा सामाजिक आधार तयार गर्ने अनुकूल राजनीतिक परिस्थिति निर्माण भएकाले अब पार्टी एकताका बाँकी कार्यभार पूरा गर्न उहाँहरुले अन्तरपार्टी निर्देशनमार्फत आह्वान गर्नुभएको हो ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच यही जेठ ३ गते एकता भई निर्वाचन आयोगमा दल दर्ता भएको थियो । पार्टीका केन्द्रीय सदस्य खिमलाल देवकाटाले नेकपाले निर्वाचन आयोगमा बुझाउनुपर्ने सबैजसो कागजात पेश गरिसकेकाले चाँडै आयोगबाट दल दर्ताको निर्णय आउने अपेक्षा गरिएको र अन्य सांगठनिक कार्य शुरु भएको बताउनुभयो ।

दुई ठूला कम्युनिष्ट पार्टीको एकतापछिको ऐतिहासिक कार्यभार, मातहतका कमिटीको एकता, ४४१ केन्द्रीय सदस्य, ४५ सदस्यीय स्थायी कमिटी र नौ सदस्यीय सचिवालयको विवरणसहित भावी कार्यदिशाबारे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षरमा सो अन्तरपार्टी निर्देशन–१ जारी भएको हो ।

कम्युनिष्ट पार्टीहरुमा अन्तरपार्टी निर्देशनलाई पार्टीको आधिकारिक निर्णयहरुबारे वैधानिकरुपमा जानकारी र निर्देशन दिने तथा कार्यान्वयनमा एकरुपता ल्याउने सांगठनिक दस्तावेज मानिन्छ ।

गुटबन्दी नगर्न निर्देशन

पार्टीलाई अन्तरपार्टी जनवाद र अनुशासनका दृष्टिले सुदृढ एवं व्यवस्थित गर्न कुनै पनि प्रकारको गुटबन्दी र पक्षधरताका हानिकारक प्रवृत्तिहरू प्रकट हुन नपाउन् भनेर होसियार रहन पनि अध्यक्षद्वयले निर्देशन दिनुभयो ।

“सबै समस्याको विधिसम्मत् समाधन खोज्ने प्रणालीलाई सबल बनाउँदै जानुपर्छ, सबै तहका सरकार तथा जनप्रतिनिधि संस्थालाई जनता र राष्ट्रको सेवामा परिणामदायी ढंगले परिचालित गर्नुपर्दछ, पार्टीका नेता, कार्यकर्ता र सदस्यका साथै सबै तहका सरकार र जनप्रतिनिधिको आचरणलाई पारदर्शी, सदाचारयुक्त र जनप्रिय बनाउनुपर्छ,” यही जेठ १६ को मितिमा जारी निर्देशन –१ मा भनिएको छ, “हामीले सम्पन्न गरेको यो युगिन महत्वको एकताबाट आमनेपाली जनता र नेपाललाई माया गर्ने विश्व समुदायमा समेत असाधारण उत्साह पैदा भएको छ, यो एकताबाट प्राप्त भएको शक्तिलाई हामीले दम्भ, घमण्ड र अहंकारको विषय होइन, जनता र राष्ट्रप्रतिको गहन जिम्मेवारीका रुपमा लिनुपर्छ ।”

स्थायी कमिटीमा को को ?

तत्कालीन एमालेबाट २६ र केन्द्रबाट १९ गरी ४५ सदस्यीय स्थायी कमिटीको नामावलीलाई नेकपाले अन्तिम रुप दिएको छ । स्थायी कमिटीमा वर्णानुक्रमअनुसार अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्नि सापकोटा, अष्टलक्ष्मी शाक्य, ईश्वर पोख्रेल (सचिवालय सदस्य), किरण गुरुङ, गणेश साह, गिरिराजमणि पोख्रेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, चन्द्रदेव खनाल, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, झलनाथ खनाल (वरिष्ठ नेता), टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ (सचिवालय सदस्य तथा प्रवक्ता), पम्फा भुसाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, वर्षमान पुन, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणि थापा, मातृका यादव, माधवकुमार नेपाल (वरिष्ठ नेता), मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, रघुवीर महासेठ, रामबहादुर थापा (सचिवालय सदस्य), लीलामणि पोख्रेल, लेखराज भट्ट, वामदेव गौतम (सचिवालय सदस्य), विष्णुप्रसाद पौडेल (महासचिव), विष्णु रिमाल, बेदुराम भुसाल, शंकर पोख्रेल, शक्ति बस्नेत, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, हरिबोल गजुरेल रहनुभएको छ ।

जिल्लागत एकता कार्यदलको प्रतिवेदन बन्दै

नेकपाको यही जेठ ७ बसेको केन्द्रीय सचिवालयको प्रथम बैठकले पार्टीको अन्तरिम विधानका आधारमा नियमावली मस्यौदा गर्न महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्राप्त गरेको १५ दिनको समयावधिभित्रै प्रतिवेदन दिने तयारी गरेको छ ।

–रासस

  • Related Posts

    अण्डाको मूल्य बढ्यो

    नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ । संघको बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो । संघले चितवनलाई…

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 4 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 7 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 7 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 7 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 5 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 7 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो