नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ
काठमाडौं,२१ वैशाख । सिण्डिकेटको पक्षमा आन्दोलन गरिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् ।
उनलाई प्रहरीले काठमाडौंको भृकुटीमण्डपबाट पक्राउ गरेको हो ।
अत्यावश्यक सेवा ठप्प पार्नेलाई पक्राउ गर्न गृहमन्त्रीले रामबहादुर थापाको निर्देशन पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । सिटौलाले सरकारले यातायात व्यवसायीको हितमा काम नगरेको भन्दै आएका थिए ।
उनले यस अघि घोषणा भएको कार्यक्रम अनुसार शुक्रबार गाडी नचलाएको बताएका छन् ।
यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरे पछि सरकारले कडाई गर्न अत्यावश्यक सेवा ठप्प पार्नेलाई कारबाही हुने सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।
