नेपाल रेडक्रस सोसाईटी धुनिबेशि उपशाखाको प्रथम अधिबेशन सम्पन्न
धुनिबेशि, बैशाख २९ । धादिङको धुनिबेशि नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा नेपाल रेडक्रस सोसाईटी धुनिबेशि उपशाखाको प्रथम अधिबेशन सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति सिताराम कोईरालाको अध्यक्षतामा सञ्चालित अधिबेशनमा ११ सदस्यीय नयाँ समीती समेत गठन गरिएको छ ।

उद्योगी रामबाबु रेग्मीको सभापतित्वमा गठन भएको समितीको उपसभापतिमा गँगोत्रि चौलागाँई ,सचिवमा रामेश्वर रुपाखेति, उपसचिवमा गोबिन्द आचार्य, कोषाध्यक्षमा राम नेपाली र उपकोषाध्यक्षमा बिष्णु तामाङ चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा किशोर कोईराला, बद्रिप्रसाद बास्कोटा, नहकुल आचार्य शुसिला थपलिया महिला सदस्य र सुमन श्रेष्ठ गरि जम्मा ११ सदस्यिय समीती गठन गरिएको नव निर्र्वािचत सभापति उद्योगी रामबाबु रेग्मीले जानकारी दिनुभयो ।

आपत् बिपद्को समयमा नेपाल रेडक्रस सोसाईटी तथा अन्य देशका सोसाईटीले निकै प्रभावकारी काम गरिरहेको अधिबेशनका प्रमुख अतिथी सिताराम कोईरालाले बताउनुभयो ।
