काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ ।
‘सबै मतपेटिका संकलन भएको लगत्तैदेखि मतगणना सुरु हुने, र तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं ।’ निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले भन्नुभयो । मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी रहेको पनि थपलियाले बताउनुभयो ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन यही मंसिर ४ गते देशभर एकै चरणमा हुँदैछ । यस चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन । मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यही मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउँने व्यवस्था छ ।

पाँचदिनभित्रमा निर्वाचनको परिणाम आइसक्ने
Related Posts
-
मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध
हेटौँडा, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ…
-
आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाइने
१० भदौ, काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल…
-
प्रधानमन्त्री शाहको आग्रह : ‘विपत्तिविरुद्ध सबै एकजुट भएर उद्धार र राहतमा जुटौं’
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्राकृतिक विपत्तिको सामना गर्न सरकार, राजनीतिक दल,…
-
बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा
रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्र पारेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका…





Leave a Reply