पाकिस्तान भन्छ : मुस्लिम भएकाले सलमान खानमाथि कारबाही

Share it with you friends

कालो हरिणको शिकार गरेको अभियोगमा बलिउड स्टार सलमान खानलाई जेल सजाए भए पछि कतै खुशीयाली त कतै विरोध सुरु हुन थालेको छ ।

सलमान खानले सजाय पाए पछि भारत राजस्थानको विश्नोई समाजले उत्सव मनाईरहेका छन् भने सलमानका साथीभाई तथा फ्यान दुखी छन् । यस्तै सलमान खानले पाएको सजायप्रति पाकिस्तानले पनि प्रतिक्रिया दिएको छ ।

पाकिस्तानले सलमान खान अल्पसंख्यक समुदायमा पर्ने भएकाले उनीमाथि कारबाही भएको बताएको छ । पाकिस्तानी विदेश मन्त्री ख्वाजा मोहम्मद आसिफले यस्तो प्रतिक्रिया दिनु भएको हो ।

उहाँले भारतमा सलमान खानको धर्म मान्ने पार्टी सत्तारुढ भएको भए उनीमाथि कारबाही नहुने दाबी पनि गर्नु भएको छ । मुस्लिम भएकै कारण सलमानमाथि कारबाही भएको पाकिस्तानी विदेश मन्त्री ख्वाजा मोहम्मद आसिफको दाबी छ ।

हिजो हरिण मारेको आरोपमा सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *