पाेखराका मेयरसँग विद्यार्थीको माग- निजी विद्यालयको अनुगमन गरी शुल्क तोक्सुस्

Share it with you friends

पोखरा, २८ चैत । नयाँ शक्ति विद्यार्थी युनियनले निजी विद्यालयले मनोमानीरुपमा चर्को शुल्क लिएको भन्दै अनुगमन गरी कारबाही गर्न पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीसँग माग गरेका छन् ।
आइतबार नयाँ शक्ति विद्यार्थी युनियनका नेताहरुले मेयर जिसीलाई भेटी निजी विद्यालयको अनुगमन गरी चर्को शुल्क लिनेलाई कारबाही गर्न आग्रह गरेका हुन् ।

‘नेपालको संविधान २०७२ ले प्रदान गरेको संवैधानिक व्यवस्था र दायित्व कार्यान्वयन गर्न यस महानगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालयहरुको अनुगमन गरी जथाभावी शुल्क असुल गर्ने शिक्षण संस्थालाई कारबाही गर्न र सबै शिक्षण संस्थाहरुको शुल्क निर्धारण गर्नसमेत हामी जोडदान माग गर्दछौं,’ नयाँ शक्ति विद्यार्थी युनियनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

शिक्षण संस्थाले मनोमानी शुल्क लिँदा महानगरपालिका चुप लाग्न नमिल्ने नयाँ शक्ति विद्यार्थी युनियनको जिकिर छ । ‘संविधानले समेत स्पष्ट अधिकार र दायित्व प्रदान गर्दा पनि महानगरपालिकाले अहिलेसम्म शिक्षा क्षेत्रमा निजी शिक्षण संस्थाले गरेको मनोमानी र चर्को शुल्क असुल्ने जस्ता कार्यमा नियमन गर्ने कुनै पहल नगर्नुले महानगरपालिका शिक्षा क्षेत्रप्रति पुरै उदासिन रहेको स्पष्ट भएको छ,’ नयाँ शक्तिका विद्यार्थी युनियनका प्रदेश नं. ४ का संयोजक सुनिल पौडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ।

युनियनका महासचिव नेत्र चापागाईंले संगठनको मागलाई बेवास्ता गरेमा शिक्षामा भइरहेको निजीकरण र ब्यापारीकरणलाई समूल नष्ट गर्ने गरी आन्दोलन सुरु गर्ने चेतावनी दिए ।

संविधानले आधारभूत र माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई दिए पनि महानगरपालिकाले अनुगमन र नियमनको प्रक्रिया नै सुरु नगर्नु दुःखद भएको नयाँ शक्ति विद्यार्थी युनियनका नेता विकल पौडेलको ठम्याई छ । उनी भन्छन्, ‘ सबै शिक्षण संस्थाको शुल्क निर्धारण गर्नुपर्छ, अब यो स्थानीय निकायको काम हो ।’

  • Related Posts

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित

    धादिङ,  जेठ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ चालु आर्थिक वर्ष २०८२/०८३ को सिद्धलेक गाउँपालिकाको वडा तथा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता…

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितत तथा दिगोपना घोषण भएको छ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८२÷०८३ को…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 21 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते