पुरुषलाई ‘सर’ महिलालाई ‘बहिनी’ !

Share it with you friends

काठमाडौँ, ४ वैशाख ।  महिला र पुरुष दुवैले कार्यालयमा समान हैसियतले काम गरिरहेका छन् । तर, उनीहरूलाई सम्बोधन गर्दा प्रयोग गर्ने शैली फरक छ । महिलालाई ‘तिमी’ र ‘बहिनी’ सम्बोधन गरिन्छ भने पुरुषलाई ‘तपाईं’ र ‘सर’ ।

कार्यालय क्षेत्रमा महिला कर्मचारी भएको हेक्का नै नगरी यौनजन्य भाव प्रकट हुने शब्द बोल्ने, ठूलो स्वरमा अश्लील भिडियो लगाएर सुन्ने, कुनै पुरुष मित्रसँग अलि नजिक भएर बोल्यो भने चरित्रमाथि शंका गर्ने परिपाटी पनि छँदै छ । यसले महिला कर्मचारीमाथि मानसिक तनाव सिर्जना गरेको छ, उनीहरू खुलेर कार्यालय क्षेत्रमा सम्बन्ध विस्तार गर्नसमेत हिच्किचाउँछन् ।

यी हुन्, वन क्षेत्रमा काम गर्ने महिला कर्मचारीले खेपेका सुन्दा साधारण लाग्ने तर यौनहिंसाअन्तर्गत पर्ने समस्या । पछिल्लो समय महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न केही पहल भएका छन् । दुई वर्षदेखि महिला वन प्राधिकरण सञ्जालले थालेको हिंसाविरुद्धको अभियान यस्तै पहल हो । उनीहरूले दुई वर्षको अवधिमा झन्डै एक दर्जन क्षेत्रमा पुरुष र महिला कर्मचारीलाई सँगै राखेर आफूमाथि भएका हिंसा पहिचान गर्ने विषयमा कार्यशाला गोष्ठी सञ्चालन गरेका छन् । सञ्जालले दुई वर्षमा विभिन्न जिल्लामा गोष्ठी गरिसकेको सहायक वन अधिकृत दीपा ओलीले बताइन् ।

यो अनौपचारिक सञ्जालमा झन्डै तीन सय महिला कर्मचारी छन् । सञ्जालले गोष्ठीजस्ता कार्यक्रमका साथै सामाजिक सञ्जालमार्फत पनि सचेतना जागृत गराउने गरेको छ ।

केन्द्रीय वन तालिम तथा प्रसार केन्द्र प्रमुख राधा वाग्लेले कार्यालय क्षेत्रमा महिलामैत्री वातावरण सिर्जना गराउन यस्तो अभियान आवश्यक रहेको बताइन् । ‘वनक्षेत्र अरूभन्दा बढी संवेदनशील हो,’ उनले भनिन्, ‘फिल्डमा समेत खटिनुपर्दा महिलाले थुप्रै समस्या झेल्नुपरेको छ ।’ सुरुमा महिला हिंसा छैन भनिएका ठाउँमा पनि डरलाग्दो अवस्था पाइएको उनले बताइन् । उनका अनुसार शारीरिक र मानसिक हिंसासँगै आत्मसुरक्षाको समस्यासमेत भेटिएको उनले जानकारी दिइन् ।

सहायक वन अधिकृत शोभा सुवेदीसँग २८ वर्ष लामो कार्य अनुभव छ । यो अवधिमा उनले कार्यालयमा महिला र पुरुषलाई गरिने व्यवहार फरक पाएकी छन् । ‘त्यही पुरुषलाई तपाईं भनिन्छ भने म महिला भएकै कारण किन तिमी र बहिनी ?’ उनले भनिन्, ‘देख्दा सामान्य लाग्ने यस्ता घटना गहिरो अर्थमा विभेद र हिंसा नै हो भन्ने लाग्छ ।’ कान्तिपुरमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 10 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 11 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 10 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 21 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते