पूर्व राजा ज्ञानेन्द्रकी भतिजीलाई नागरिकताको सिफारिस लिनै पर्‍याे सास्ती

Share it with you friends

काठमाडौं, १३ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहकी भतिजि श्रेया राज्यलक्ष्मी शाहले नेपाली नागरिकताका लागि गरेको प्रयासमा अझैसम्म सफल हुन सकेको छैन ।

काठमाडौं–३ का वडाध्यक्ष दिपक केसी शाहको नागरिकताका लागि सिफारिस दिन आनाकानी गर्दा शाहलाई नागरिकता लिन सास्ती भइरहेको छ । केसीले श्रेयाको नागरिकताका लागि सिफारिस नै गरेका छैनन् । उनले नागरिकताका लागि बाबुको उपस्थिति अनिवार्य रहेको बताउँदै आएका छन् । श्रेयाका बाबु धीरेन्द्र शाह १९ जेठ, ०५८ को दरबार हत्याकाण्डमा मारिएका थिए ।

धीरेन्द्र पत्नी तथा श्रेयाकी आमा जया पाण्डे छोरी लिएर नागरिकता सिफारिसका लागि केसीलाई भेट्न पुगेका थिए । केसीले अपमानजनक व्यवाहार गरेर फर्काएको बताइएको छ । ‘छोरीले बाउ खोज्नुभन्दा पहिला आमाले पोइ पति खोज्नु पर्छ । नेपालको कानुन सबैले पढ्नु पर्‍यो नि’, केसीले भने । त्रिवि शिक्षण अस्पतालमा जन्मिएको जन्म प्रमाणपत्रमा बाबुको नाम धीरेन्द्रवीरविक्रम शाह छ, त्यसबाट उनी तत्कालीन अधिराजकुमार धीरेन्द्रकी छोरी भएको स्पष्ट हुन्छ ।

तर केसीले छोराछोरी पाउँदैमा नागरिकता नपाइने भन्दै त्यसका लागि कानुनी बाध्यतालाई अध्ययन गर्न सुझाएका छन् । जया धीरेन्द्रकी दोस्री पत्नी हुन् । उनीबाट श्रेयाको जन्म भएको थियो । पहिली पत्नी प्रेक्षाको दरबार हत्याकाण्डको केही समयपछि रारा तालमा हेलिकोप्टरबाट खस्दा डुबेर निधन भएको थियो । प्रेक्षा शाहसँग सम्बन्धविच्छेद भएपछि वि.सं. २०४४ सालमा धीरेन्द्रले दक्षिणकाली मन्दिरमा गई बत्तीसपुतलीकी जया पाण्डेसँग विवाह गरेका थिए । २०४५ साल असार २ गते शिक्षण अस्पताल महाराजगन्जमा श्रेया शाहको जन्म भएको थियो ।

  • Related Posts

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४९५५ नम्बरको डिब्बा ट्रकले विपरीत दिशाबाट जाँदै…

    जेठ १४ गते सार्वजनिक बिदा

    सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बदर ईद (ईद-उल-अज्हा) को अवसरमा उक्त दिन सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।यसअघि सरकारले २०८२…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 3 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 0 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 1 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    जेठ १४ गते सार्वजनिक बिदा

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५४
    • 2 views
    जेठ १४ गते सार्वजनिक बिदा

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    • By Upendra Adhikari
    • ७ जेष्ठ २०८३, बिहीबार ०७:३८
    • 1 views
    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन

    • By Upendra Adhikari
    • ५ जेष्ठ २०८३, मंगलवार १४:०५
    • 1 views
    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन