पेट्रोल र डिजेलको भाउ बढ्याे, पेट्रोल अब लिटरको १ सय ५ रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ समायोजन गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोल र डिजेल प्रतिलिटरमा २/२ रुपैयाँ बढेको छ ।
अब पेट्रोल प्रतिलिटर १ सय ५ रुपैयाँ र डिजेल प्रतिलिटर ८५ रुपैयाँ कायम भएको छ ।
नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य समायोजन भएसँगै नेपालमा पनि समायोजन गर्ने गरेको छ ।
