प्रथम महादेबबेसी मिनी महोत्सब को पाँचौ दिन आज करिब ४ हजार दर्शकले मेला अवलोकन गरे

Share it with you friends

धादिङ, १८ वैशाख । धादिङको थाक्रे ११ मा महादेववेसी मा संचालन भईरहेको प्रथम महादेबबेसी मिनी महोत्सब को पाँचौ दिन आज करिब ४ हजार दर्शकले मेलाको अवलोकन गरेका छन ।
मेलाको पाँचौ दिन आज आधुनिक तथा फिल्मी गायिका सहिमा श्रेष्ठ, हाँस्यकलाकार द्धय मरिचमान श्रेष्ठ ( बल्छी धु्र्बे ) र राजु पौडेल ( राजु मास्टर ), कागे उपनाम ले चिनिएका कलाकार रमेश दुलाल का साथमा विभिन्न स्थानिय कलाकारको प्रस्तुती रहेको थियो ।
थाक्रेको पर्यटन पर्बद्धन गर्ने उद्देश्यले संचालन गरिएको मेलामा विभिन्न घरायसी सामान, आधुनिक कृषि औजार लगायत विभिन्न खाद्य परिकारहरुको स्टल का साथमा बिभिन्न मनोरन्जनात्मक खेलहरु रहेको छ ।

उज्यालो भविश्य महिला समुह र मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाको मुख्य आयोजना तथा न्यू स्टार क्लब महादेबबेसी, महादेबबेसी स्पोर्टस क्लब, थाक्रे कला केन्द्र देब विकास बैङ्क, हर फार्म नेपालको साथ र सहयोगमा संचालन भएको मिनि महोत्सब यहि बैशाख २४ गते सम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *