प्रदेश नं ३ का मुख्य न्यायधिवक्ता न्यौपानेले लिए शपथ
हेटौडा । प्रदेश ३ का नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले विहिबार एक कार्यक्रमबीच उनलाई शपथ खुवाएका हुन्।
सो शपथ ग्रहण समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी थिए।
मुख्यमन्त्री पौडेलले ६८ वर्षीय कानून व्यवसायी सूर्यचन्द्र न्यौपानेलाई गत फागुन २३ गते प्रदेश सभाको मुख्य न्यायधिवक्तामा नियुक्ति गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।
