‘प्रदेश २ मा पनि वामपन्थीकै सरकार’

Share it with you friends

काठमाडौँ, २८ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर प्रदेशमा पनि चाँडै वामपन्थी सरकारकै नेतृत्व रहने उनले दाबी गरे ।

‘हेर्दै जानोस् २ नम्बर प्रदेशमा पनि अब चाँडै वामपन्थीको नेतृत्वमा सरकार बन्ने निश्चित छ,’ धनकुटाको पाख्रिबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय तर्फको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास गर्दै दाहालले भने।

२ नम्बर प्रदेशमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारको नेतृत्व गरेको छ भने राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा छ। विश्वासको मत लिंदा वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले पनि समर्थन गरेको थियो।

दाहालले आगामी वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीचपार्टी एकताको औपचारिक घोषणा हुने निश्चित भएको जानकारी दिए। दुई पार्टीको एकताको लागि बनेको एकता संयोजन समितिको ब्ुध्बर बस्ने बैठकले एकताबारे टुंगो लगाउने उनको भनाइ छ। ‘विशाल जनसभा गरेर दुवै पार्टीबीचको एकता घोषणा गर्ने तयारी गरिएको छ,’ उनले थपे, ‘अब समावेशी, लोकतान्त्रिक र एकीकृत पार्टीको घोषणासँगै समाजवादतर्फ उन्मुखमा हामी जुट्ने छौं।’,कान्तिपुरमा खबर छ ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा