प्रधानमन्त्री अाेली चीन जाने तयारीमा

Share it with you friends

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली दुवै छिमेकी मुलुक चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गर्ने बताएका छन् ।

आइतबार व्यवस्थापिका संसदमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले आफूहरु अब सम्बन्ध विस्तारमा मात्र सीमित हुन नचाहेको उल्लेख गरे । उनले छिमेकीसँगको सम्बन्धलाई सन्तुलित बनाउन आफू छिट्टै भारतपछि चीन भ्रमणमा निस्कने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण उपलब्धीमुलक भएको टिप्पणी समेत गरे ।

उनले केहीको ‘मोदीलाई स्वागत नै गर्नु हुन्थेन’ भन्ने खालका अभिव्यक्ति बाहिर आएको विषयप्रति विगतका कुरामा अल्झेर बस्ने कि अघि बढ्ने भन्दै प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *