प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ विद्यावारिधिको उपाधि

Share it with you friends

नयाँदिल्ली, चैत २५ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गोविन्द वल्लभ कृषि विश्वविद्यालयको अर्गानिक खेतीका बारेमा अवलोकन गर्दै वृक्षारोपण समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *