प्रधानमन्त्री ओली रारामा , देशबासीको नाममा सम्वोधन गर्ने

Share it with you friends

काठमाडौं, ३० चैत । रारा पर्यटन वर्ष उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारा गएका छन । उनी शुक्रबार हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले दिउँसो बाग्लुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि डोल्पाको दुनै बास बस्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको राराबाट गर्ने भएका छन् । उनले शनिबार वैशाख १ गते राराबाट देशबासीलाई सम्बोधन कार्यक्रम तय गरिएको छ ।

शनिबार बिहान मुगुको राराबाट देशबासीको नाममा सम्बोधन गर्ने र रारा पर्यटन वर्ष–२०७५ उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यहाँबाट उनले विद्यालय भर्ना अभियान शुरुवात गर्ने पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *