प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने

Share it with you friends

१९ भदौ २०७६ ।

सिंगापुरमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वेदश फर्किनुहुने भएको छ । उहाँ शुक्रबार बिहान ११ बजेर ३५ मिनेटमा नेपाल आइपुग्ने सूचना तथा प्रसारण विभागले जनाएको छ । उपचारका लागि गएको ५ गते सिंगापुर पुग्नुभएका प्रधानमन्त्री ओलीको सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा ‘प्लाज्मा फेरेसिस’ गरिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका उपाध्यक्ष वामदेव गौतम र महामन्त्री विष्णु पौडेल पनि सिंगापुर जानुभएको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको मृर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारको लागि सिंगापुर जानुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *