देश विकास

विकास पत्रकारिता

, ,

प्रधानमन्त्री शाहको आग्रह : ‘विपत्तिविरुद्ध सबै एकजुट भएर उद्धार र राहतमा जुटौं’

Share it with you friends

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्राकृतिक विपत्तिको सामना गर्न सरकार, राजनीतिक दल, सुरक्षा निकाय तथा आम नागरिक सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

रसुवामा आएको बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा छलफल गर्न प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, खोज तथा राहत कार्यको अवस्थाबारे विस्तृत छलफल भएको थियो ।

बैठकमा नेपाली सेनाका उपरथी अनुमजंग थापाले बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको उद्धार तथा खोजी कार्यबारे ब्रिफिङ गरेका थिए। उनले उद्धारको अवस्था, सुरक्षा चुनौती तथा प्रभावित नागरिकसम्म राहत पुर्‍याउन भइरहेका प्रयासबारे जानकारी गराएका थिए ।

छलफलका क्रममा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को समयमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार तथा राहतमा कुनै कमी हुन नदिन आग्रह गरे । उनले विपत्तिको समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर प्रभावित नागरिकको जीवनरक्षा र राहतलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रधानमन्त्री शाहले विपद्को अवस्था अत्यन्त संवेदनशील रहेकाले सबै पक्षलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे । उनले बाढीबाट क्षतिग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, बेपत्ताको खोजी तथा राहत वितरणलाई तीव्रता दिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री शाहले विपत्तिको समयमा राज्यका सबै संयन्त्र सक्रिय हुनुपर्ने बताउँदै उद्धार र राहतका लागि आवश्यक सहयोग तथा समन्वय गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

उनले बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै यस्तो कठिन परिस्थितिमा सरकार, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह तथा आम नागरिकबीचको सहकार्य नै विपत्तिसँग जुध्ने महत्वपूर्ण आधार भएको बताए ।
रसुवामा आएको बाढीबाट भएको क्षतिको मूल्याङ्कन, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts