‘प्रि–मनसुनको प्रभाव अझै रहन्छ’

Share it with you friends

काठमाडौँ, १ जेठ । भारतको विहार, मध्य प्रदेश र उत्तर प्रदेश आसपासमा विकास भएको न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली)सहित बंगालको खाडीबाट फैलिएको जलवाष्पयुक्त वायुका कारण मुलुकभरको मौसम प्रभावित बनेको छ।
यससँगै उच्च वायुमण्डलमा पश्चिमी वायुको प्रभावसमेत परेकाले आइतबार साँझदेखि मुलुकभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार मुलुकका पूर्वी भेगमा यस्तो क्रममा अझै दोहोरिनेछ।

‘मध्य र पश्चिमी भेगका धेरै ठाउँको मौसम मंगलबार बिहानदेखि सुधार भए पनि अझै २ दिनसम्म पूर्वीभेगको मौसममा उतार चढाव आउने छ।’ –उहाँले भन्नुभयो।

अहिले प्रि–मनसुन अवधि भएकाले अपरा≈न र साँझको समयमा अन्यत्र पनि आंशिक र क्षणिक वर्षाको सम्भावना रहेको रिमालले बताउनुभयो। सोमबार बिहानसम्ममा दोलखाको जिरी र आसपासका क्षेत्रमा सबैभन्दा धेरै ५८ दशमलव ६ मिलिमिटर वर्षा भएको छ। सोमबार अपरा≈नसम्ममा नेपालगन्जमा सबैभन्दा बढी ४३ दशमलव ३, वीरेन्द्रनगरमा ३६ दशमलव ५, दाङमा ३४ दशमलव ९ र सिमरामा ३२ दशमलव १ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ।

धनकुटामा २३ दशमलव ४, विराटनगरमा २२ दशमलव ९, भैरहवामा १९ दशमलव ५, पोखरामा १७ दशमलव ८ र काठमाडौंमा १६ दशमलव ९ मिलिमिटर वर्षा मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। त्यसैगरी लुम्लेमा १८, धनगढीमा १५ दशमलव ६, ताप्लेजुङमा १४ दशमलव ५, धरानमा १४ दशमलव ९, डडेलधुरामा १३ दशमलव ६ वर्षा भएको थियो। नेपाल समाचारपत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *