फिफा विश्वकप छनोटमा नेपालको ऐतिहासिक जित, चाइनिज ताइपेई २–० ले पराजित

Share it with you friends

२४ भदौ २०७६, मंगलबार ।

फिफा विश्वकप फुटबल २०२२ को एशिया छनोटको दोस्रो चरणमा नेपालले ऐतिहासिक जित निकालेको छ। चाइनिज ताइपेइलाई उसकै मैदान मुनिसिपल रंगशालामा २–० ले पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गरेको हो। नेपालको तुलनामा बलियो मानिएको र फिफा वरियतामा नेपालभन्दा अगाडि गरहेको चाइनिज ताइपेइलाई हराउन नेपालका अन्जन विष्टले उत्कृष्ट प्रदर्शन गरे।

ताइपेई विरुद्ध दुवै गोल अन्जनले गरेका हुन्। पहिलो खेलमा कुवेतसँग ७–० गोलको फराकिलो अन्तरले पराजित नेपालले मंगलबार ताइपेईविरुद्धको खेल जित्दै स्पष्ट तीन अंक जोडेको छ। ताइपेई यसअघि पहिलो खेलमा जोर्डनसँग २–१ गोलले पराजित भएको थियो। दोस्रो चरणको छनोटमा नेपाल रहेको समूह ’बी’मा पाँचवटा देश रहेका छन्। कुवेत र जोर्डन अंक तालिकाको क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *