बंगलादेशलाई १–० अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश

Share it with you friends

२२ मंसिर २०७६, आईतबार ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि १–० को जित दर्ता गर्दै स्वर्ण भिडन्त तय गर्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा सुनिलले पहिलो हाफको सुरुवाती समयमा नै कप्तान सुजल श्रेष्ठको पासमा दोस्रो बार च्याप्दै गोल गरेका थिए । नेपालले खेलको शुरुवात देखि नै बंगलादेशलाई दवावमा राखेको थियो । २६औं मिनेटमा कप्तान सुजल श्रेष्ठको प्रहार गोलरक्षक अनिसुर रहमानले बचाउदा नेपाल अग्रता दोब्बर पार्न बाट चुकेको थियो । ३०औं मिनेटमा नेपालका गोलरक्षक विकेश कुथुले कर्नरबाट आएको बललाई पञ्च गरेर बचाइदिए ।

दोस्रो हाफमा घरेलु टोली नेपाललाई दवावमा राखेपनि नेपालले शुरुमै लिएको अग्रता जोगाइराख्न सफल भयो । ५७ औं मिनेटमा सुनिल बलको बक्स बाहिरको प्रहार डिफेन्डरलाई लाग्दै दोस्रो बारबाट थोरै बाहिरिदा नेपालले अग्रता दोब्बर बनाउनबाट चुक्यो । ६१औं मिनेटमा बंगलादेशले बराबरीको सुन्दर मौका खेर फालेको थियो । रियादल हसनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

६५ औं मिनेटमा सुनिल बलको क्रसमा कप्तान सुजलको हेडर पोस्टबाट थोरै बाहिरियो । ७०औं मिनेटमा गोलरक्षक अनिसुर रहमनले नियन्त्रणमा लिन नसकेको बललाई अभिषेक रिजालले खाली पोस्टमा गोल गर्न सकेन । उनको प्रहार आकासिएको थियो ।
नेपाल यस नतिजासँगै लिग चरणको विजेता बन्यो । लिगमा नेपालले ४ खेलमा १० अंक जोड्यो भने दोस्रो स्थानमा रहेको भुटानले ९ अंक हासिल गर्यो । बंगलादेश ४ अंकसहित कास्य पदकमा सिमित भयो । श्रीलंका र माल्दिभ्स २–२ अंकसाथ पुछारमा रहे ।

नेपालले अब मंगलबार हुने फाइनलमा भुटानको सामना गर्नेछ । समूह चरणको खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । नेपाल साग फुटबलको साविक विजेता पनि हो ।

  • Related Posts

    अण्डाको मूल्य बढ्यो

    नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ । संघको बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो । संघले चितवनलाई…

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 5 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 5 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 6 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 8 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु