बजारमा सुकेको प्याजको भाउ बढ्दै। 

Share it with you friends

काठमाण्डौमा सुकेको प्याज महँगो हुँदै गएको छ । किलोको ६५ देखि ७० रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको सुकेको प्याज किलोको ७५ देखि ८० रुपैयाँ खुद्रा मूल्य तोकिएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार भारतबाट आयात हुँदै आएको प्याज उतै महँगो भएकाले नेपालमा पनि भाउ बढेको हो ।

नेपालमा लगाएको प्याज बाढीले बगाएको तथा लगातार पानी पर्दा उत्पादन कम भएपछि प्याजमा पनि भारतकै भर पर्नुपरेको छ ।

तर भारतले पनि चीन, पाकिस्तान, ग्रिस, अफगानिस्तानसँगै अरु देशबाट प्याज आयात गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसले पनि नेपाली बजारमा प्याजको भाउ अझै बढ्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *